आदित्य सिंह भण्डारी बेलौरी: टीकापुर र कञ्चनपुरको बेलौरीबाट गरी लागुऔषधमा संलग्न ६ युवा पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेलबाट एक ग्राम ६ सय २० मिलिग्रामसहित सोमबार दिउँसो दुई जना पक्राउ गरेका छन्। धनगढी उपमहानगरपालिका–२ का २४ वर्षीया आयुषा बिष्ट र अछाम साफे बगर नगरपालिका–३ का २४ वर्षीय मुकेश कुँवर लागुऔषधसहित पक्राउ परेका हुन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको हो। साथै उनीहरूको साथबाट सुदूरपश्चिम प्रदेश ०१००८ प ४६५ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ। त्यस्तै टीकापुर नगरपालिका–६ बेलुवाबाट पनि ४ ग्राम ८१० मिलिग्राम लागुऔषधसहित दुई जना सोमबार राति पक्राउ परेका छन्।
टीकापुर नगरपालिका–१ का २९ वर्षीय बिशाल ज्ञवाली र सोही स्थानका २६ वर्षीय रोशन सुनार लागुऔषधसहित पक्राउ परेका हुन्। ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागुऔषधसहित पक्राउ गरेको हो। त्यस्तै कञ्चनपुरको बेलौरी नगरपालिका–४ लक्ष्मीस्विट चोकबाट पनि लागूऔषधसहित थप दुई जना पक्राउ परेका छन्।