बेलौरी, कञ्चनपुर: सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म बेलौरीले १७ लाख बढी मूल्यको अवैध समान बरामद गरेको छ ।
बुधवार बिहान सीमा सुरक्षा गुल्म बेलौरीका गुल्मपती एवम् सशस्त्र प्रहरी नायव उपरीक्षक जनकराज पन्त नेतृत्वको टोलीले १७ लाख बढी मूल्य बराबरको अबैध समान बरामद गरेको हो ।
टोलीले लालझाडी गाउँपालिका २ बिनवारी बाट से १ च ११६४ नम्बरको बुलेरोे गाडीमा भन्सार छलि ल्याएको चिनी, बिडी, सरफ, डियू(पेयपदार्थ) नियन्त्रणमा लिइ भन्सार चलान गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक पन्तले बताए । उनले भने – गाडी सहित १६ लाख २७ हजार ५ सय बराबरको समान भन्सार चलान गरिएको छ । यस्तै, १ लाख ५ सय मुल्य बराबरको अवैध समान डिस्पोज गरिएको हो । ”
पछिल्लो समय बेलौरीमा तस्कर तह लगाउदै आएका सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) पन्तको आगमनले खुला सीमा क्षेत्रमा हुने अवैध गतिविधीमा समेत कडाई गरिएको छ ।