निराज रानाभाट । नयाँ नेतृत्व २०२३ देखि २०२५ को अन्तिम चरणमा रहेको गैरआवासिय संघ कतारको सचिव र सह – कोषाध्यक्ष पदमा तनहुँका रुक बहादुर रानाभाट र पदम बहादुर रानाभाटको उम्मेद्बारी दिएका छन् । सन् २०१० मा कतार श्रम गर्न पुगेका २ जना रानाभाट श्रमिकको हकहितका निम्ति विभिन्न सामाजिक संस्थामा जोडिएर काम समेत गरिरहेका छन् । त्यस्तै, आफ्नो अनुभवलाई साटनलाई कोरोना भाइरस ( काेभिड – १९ ) को समयमा पनि बाहिर खटेर अधिकांश श्रमिकहरुलाई प्रत्यक्ष भेटेर सहयोग गरेका र सुरुवाती समयदेखि एन सि सि कतारको पंन्जकृत सदस्यमा रहदै आएका थिए।
यसैगरी, श्रमिकहरुकाे हकहितका निम्ति रहेका गैरआवासिय संघका श्रमिकहरुले नै नेतृत्व गर्नुपर्छ भनेर आफूहरु प्रतिस्पर्धामा हाेमिएकाे उनीहरूले बताए । काम भन्दा बाहिर फुर्सदको समय सामाजिक काम गर्न रुचाउने भएर एक पटक जिम्मेवार पदमा रहेर काम गर्ने मनसाय भएको उनीहरूले बताए । यहाँका सबै समस्या जानकार हुनाले काम गर्न सजिलो हुने उनीहरूले विश्वास लिएका छन् ।
नेपाली श्रमिकका समस्या कसरी समाधान गर्न सकिन्छ भनि कतार सरकार र नेपाली नियोगसम्म समन्वय गरेर समाधान गर्न पर्नि आवश्यकता देखिएको छ ।