निराज रानाभाट, काठमाडौं । बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाजकाे ‘ सदस्यता वितरण तथा तारकेश्वर ट्याक्सी इकाई गठन कार्यक्रम २०८० ’ सम्पन्न भएको छ । काठमाडौंको तारकेश्वर नगरपालिका भित्र बसोबास गरी त्यस भेगबाट अहोरात्र यात्रुलाई सेवा दिन तल्लीन स्वरोजगार ट्याक्सी चालक मजदुरहरु उल्लेख्य उपस्थिति सहित हर्सोल्लासका साथ सम्पन्न उक्त कार्यक्रमको आयोजना बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाजका केन्द्रीय सचिव शिव प्रसाद धरेलले आयोजना गरेको यसै संस्थाका सूचना विभाग प्रमुख कुल नारायण श्रेष्ठले जानकारी दिए ।
काठमाडौंको जरङ्खुस्थित साझा पार्टी प्यालेसको सभाहलमा संचालित सदस्यता वितरण तथा इकाई गठन कार्यक्रममा प्रमुख अथिती तारकेश्वर नगरपालिका नगर प्रवक्ता समेत रहेका वडा नम्बर २ का वडा अध्यक्ष राधा कृष्ण खड्गी, अथितीहरु प्रहरी प्रभाग धर्मस्थली तारकेश्वरबाट प्रहरी प्रमुख सहित सोही कार्यलायबाट ट्राफिक प्रहरीका प्रतिनिधिहरु लगायत स्थानीय समाजसेवी सहित बुद्धिजीवीहरुको बाक्लो सहभागिता रहेको थियो ।
त्यसैगरी, इकाई गठन कार्यक्रममा बोल्दै प्रमुख अतिथि राधा कृष्ण खड्गीले तारकेश्वर नगरपालिका भित्र यत्रतत्र छरिएर यात्रु सेवामा तल्लीन ट्याक्सी चालकहरु यसरी गोल बद्ध रुपका एकीकृत हुनु भएकोमा खुशी व्यक्त गर्नुका साथै यससँग सम्बन्धित विविध समस्याहरुको समाधानमा सँगसँगै हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता सहित हालको मुख्य समस्या ट्याक्सी स्ट्यान्ड भएको र यसका लागि नब गठित इकाई कमिटीलाई साथै लिएर नगरपालिका भित्र आवश्यकता र उपयुक्त स्थानहरुको स्थलगत अवलोकन गरी तत्काल समाधान गरिने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।
यस्तै, कार्यक्रममा बोल्ने क्रममा बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाजका केन्द्रीय अध्यक्ष दीपक नेपालले तारकेश्वर नगरपालिका भरी सयौंको संख्यामा निजी ४ पाङ्गे सवारीले भाडाको काम गरिरहेको छ तपाईंहरु सधैँ मुख दर्शक भएर मात्र बस्ने हो भन्दै सम्बन्धित क्षेत्रका ट्राफिक प्रहरीलाई प्रश्न समेत गरेका थिए । त्यस्तै, वरिष्ठ सल्लाहकार टोप बहादुर खत्रीले हालै १ सय किलो सुन काण्डमा परेका ट्याक्सी चालकको छिटो छानविन हुनुपर्यो यदि चालकको उक्त कार्यमा संङ्लन रहेको भए कार्बाही हुनुपर्यो र नभएर छिटो रिहा हुनुपर्ने, कुनै पनि चालक सामान बोकेकै भरमा अपराधी चाहिँ हुन नसक्ने सूचना विभाग प्रमुख कुल नारायण श्रेष्ठले जानकारी दिए ।
बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाज तारकेश्वर ट्याक्सी इकाईका नव निर्वाचित पदाधिकारीहरुको नामावली यस प्रकार रहेको छ;
अध्यक्ष : होम बहादुर खड्का
उपाध्यक्ष : विष्णु अबस्थी
कोषाध्यक्ष : नारायण कुमार श्रेष्ठ
सचिव : गंगा श्रेष्ठ
सल्लाहकार : राम शरण लामिछाने