बिमल गैरे रुपन्देही: बुद्ध इङलिस स्कुलले ब्याग फ्रि शुक्रवार अन्र्तगत छात्रा विद्याथीहरुलाई महिनावारी स्वच्छता, सन्तुलित आहार सम्वन्धी सचेतना कार्यक्रम गरेको छ । सैनामैना नगरपालिकाको वडा नं. ७ मा रहेको सो विद्यालयले छात्रा विद्याथीहरुलाई महिनावारीमा देखा पर्ने समस्यालाई मध्य नजर राख्दै कार्यक्रम गरेको विद्यालयका प्रिन्सिपल लेखनाथ गैरेले बताउनुभयो ।
बुद्ध इङलिस स्कुल र दारी ग्याङ रुपन्देहीले आयोजना गरेको महिनावारी स्वच्छतासम्बन्धी जनचेतना कार्यक्रममा नविना उपाध्यायले पशिक्षण दिनुभएको थियो । उपाध्यायले किसोरी तथा महिलाहरुलाई सरसफाई र महिनावारी स्वच्छताको बारेमा प्रशिक्षण दिनुभएको थियो । महिनावारी स्वच्छताका लागि छात्रा विद्यार्थीहरुलाई चेतनास्तर उन्नति गर्ने विषय महत्वपूर्ण रहेको विद्यालयका प्रिन्सिपल गैरेले जानकारी गराउनुभयो । महिनावारी स्वच्छता, सन्तुलित आहार, सचेतना कार्यक्रमलाई कार्यक्रममा मात्रै सीमित नराखेर कार्यान्वयन गर्नुपर्नेमा समेत जोड दिइएको छ ।