निराज रानाभाट, काठमाडौं: काठमाडौंस्थित सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त प्रविधि मैत्री विदेशी शैक्षिक कार्यक्रममा अब्बल आइएसएमटी कलेजले आयोजना गरेको ‘ आईएसएमटी एक्स्पो – २०२३ ’ भब्य रुपमा सम्पन्न भएको छ । कलेजले प्रयोगात्मक शिक्षालाई प्राथमिकतामा राखेर अध्यापन गर्दै आएको र सोही अनुशार एक्स्पो आयोजना गरिएको आइटी डिपार्टमेन्टकी सिनियर फ्याकल्टी शिला पौडेलले बताइन् ।
विद्यार्थीले नै बनाएका प्रोजेक्टहरु एक्स्पोमा प्रर्दशन गरिएको र एक्स्पो विद्यार्थीका लागि महत्वपूर्ण अवसर रहेको पौडेलले बताइन् । विशेषगर आर्टिफिसियल इन्टेलिजेन्ससँग सम्वन्धित प्रोजेक्टहरु एक्स्पोमा छन् । एक्स्पोमा काठमाडौंसँगै काठमाडौं बाहिरका विभिन्न कलेजका विद्यार्थी अवलोकनका लागि आएको र उत्साहका साथ अवलोकन गरेको आइएसएमटी कलेजकी छात्रा स्नेहा जोशीले बताईन् । एक्स्पोमा ११ भन्दा बढी स्टल राखिएको थियो ।