काठमाडौं । नेकपा एकीकृत समाजवादीको महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित भएकी छिन्। रामकुमारी झाँक्रीलाई पराजित गर्दै राई उपाध्यक्ष चुनिएकी हुन्। राईले १९९ मत पाउँदा झाँक्रीले ११२ मत पाएकी हुन् ।
काठमाडौंको थापागाउँस्थित अर्पण बैंक्वेटमा जारी मतगणनमा अधिकांश पदमा अध्यक्ष माधवकुमार नेपालनिटक निर्वाचित भएका छन्। नेपाल निकटबाट उपाध्यक्षमा भानुभक्त जोशी र प्रकाश ज्वाला निर्वाचित भएका छन् । यसैगरी पार्टीको केन्द्रीय पदाधिकारीका लागि भएको आन्तरिक निर्वाचन मा झाक्रीसहित जीवनराम श्रेष्ठ र विरोध खतिवडा पनि पराजित भए ।
मतगणनाको परिणाम रुजु गरेर सार्वजनिक गर्ने तयारी रहेको निर्वाचन समितिले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस्