मोरङको रंगेली र जहदामा एक बालकसहित दुई जनाको मृत्यु भएको छ।
रंगेली नगरपालिका–८ का १ वर्षीय समर चुरैटेको घरको खाल्डोमा डुबेर मृत्यु भएको छ। उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको निधन भएको हो।
त्यस्तै, जहदा गाउँपालिका–४ मा ३२ वर्षीय महेश हस्दा नालामा मृत अवस्थामा फेला परेका छन्। मृतकको पहिचान उनकी श्रीमतीले गरेकी हुन्।
प्रहरीले दुबै घटनामा अनुसन्धान अघि बढाएको छ।
प्रतिक्रिया दिनुहोस्