साजिलाल माध्यमिक विद्यालयको नाममा रहेको जग्गाबाट अवैध रूपमा माटो उत्खनन गरी बिक्री वितरण गर्ने क्रम बढेसँगै साजिलाल माध्यमिक विद्यालयको जग्गा बगरमा परिणत हुने खतरा बढेर गएको छ। सरस्वती पूजाको उपलक्ष्यमा गरिने विभिन्न कार्यक्रमहरूमा विद्यालय व्यवस्थापन व्यस्त रहेको र सम्पूर्ण नगरवासीको ध्यान विराट महोत्सव एक्सपोज ४ मा रहेको सन्दर्भमा मोरङ जिल्लाको बुढीखोला आसपासमा अवैध रुपमा उत्खनन कार्य बढेर गएको छ। खोला तटबन्द को लागि राज्यले वर्षेनी लाखौं रुपैयाँ खर्च गर्दै आए तापनि अवैध चोरी निकासी नियन्त्रण नहुँदा सुन्दररैचा चार मा रहेका तटिया क्षेत्रमा बसोबास गर्ने जनताको जनधन को सुरक्षामाथि गम्भीर खतरा उत्पन्न भएको छ। विद्यालय सरस्वती पूजाको उपलक्ष्यमा गरिने विभिन्न कार्यक्रममा व्यस्त रहेको समयमा विद्यालयको नाउँमा रहेको जमिनमा लाई बगरमा परिणत गर्ने दुष्प्रयासप्रति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ओझाले दुःख व्यक्त गर्नुभएको छ।
नगर क्षेत्रभित्र हुने अवस्था अवैध कार्यालय रोक्न सम्बन्धित नगरपालिका प्रहरी प्रशासन समाजसेवी नागरिक समाज लगायतको ध्यानाकर्षण हुन जरुरी छ।
अवैध माटो उत्खननले साजिलाल स्कुलको जग्गा हुँदैछ बगरमा परिणत

प्रतिक्रिया दिनुहोस्