काठमाडौं । दोश्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा उपाधि रक्षा अभियानमा रहेको वडा नं १४ ले बुधबार विजयी शुरुवात गरेको छ ।
बुधबार नै भएका अन्य खेलमा वडा नं ३, वडा नं २० र वडा नं १० ले पनि आ-आफ्नो खेलमा जित हासिल पारेर प्रिक्वाटरफाइनलमा स्थान बनाउन सफल भए ।
लैनचौर फुटसल मैदानमा वडा १४ ले वडा १५ लाई १-० ले हरायो । सो खेलमा रुपक हमालको गोल निर्णायक बन्यो । रुपकनै म्यान अफ दि म्याच घोषित भए ।
शनिबार प्रिक्वाटरफाइनलमा काठमाडौँ महानगरपालिका र वडा नं ९, वडा नं ६ र वडा नं ३, वडा नं १६ र वडा नं २० तथा वडा नं १४ र वडा नं १० बिच खेल हुनेछ ।
सत्य, निष्पक्ष र विश्वसनीय पत्रकारितालाई निरन्तरता दिन तपाईंको स्वेच्छिक सहयोग अमूल्य हुनेछ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।
