मकवानपुर, नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मनहरी गाउँपालिकाको सभापति पदमा राजकुमार श्रेष्ठले उम्मेदवारी दिएका छन्। श्रेष्ठ हाल मनहरी गाउँपालिका–९ का वडा अध्यक्ष हुन्। उनी २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए
वडा अध्यक्षका रूपमा जिम्मेवारी सम्हाल्दै आएका श्रेष्ठ स्थानीयस्तरका सामाजिक गतिविधिमा पनि सक्रिय देखिन्छन्।
सामाजिक काममा सक्रिय रहँदै आएका श्रेष्ठले आफूलाई पार्टीको राजनीतिक घेराभन्दा बाहिर पनि सबै नागरिकको प्रतिनिधिका रूपमा प्रस्तुत गर्दै आएका छन्।
उनको कार्यशैलीमा पार्टीगत आस्थाभन्दा नागरिकसँगको सम्बन्ध, सामाजिक आवश्यकता र सार्वजनिक हितलाई प्राथमिकता दिने विषय जोडिने गरेको देखिन्छ।
श्रेष्ठ निकटहरूका अनुसार उनी राजनीतिक दलमा आबद्ध भए पनि फरक राजनीतिक विचार राख्ने नागरिकप्रति समेत समान व्यवहार हुनुपर्ने मान्यता राख्छन्। जनप्रतिनिधिको जिम्मेवारी पार्टीका कार्यकर्ता वा समर्थकप्रति मात्र नभई वडाका सबै नागरिकप्रति समान हुने उनको धारणा छ।
स्थानीय तहमा काम गर्दा व्यक्तिगत आग्रह–पूर्वाग्रहभन्दा विधि, प्रक्रिया र स्थापित नियमलाई आधार बनाएर अघि बढ्नुपर्ने विषयमा श्रेष्ठ अडिग रहने बताइन्छ। निर्णय गर्दा कानुन र प्रक्रियालाई प्राथमिकता दिने तथा संस्थागत प्रणालीलाई बलियो बनाउने उनको कार्यशैली रहेको समर्थकहरूको भनाइ छ।
मनहरी–९ का वडा अध्यक्षका रूपमा श्रेष्ठले स्थानीय विकास, सामाजिक गतिविधि तथा सार्वजनिक सरोकारका विषयमा सक्रिय सहभागिता जनाउँदै आएका छन्।
अब नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मनहरी गाउँपालिकाको सभापति पदका लागि उनको उम्मेदवारीसँगै स्थानीय कांग्रेसभित्र नयाँ नेतृत्वको बहस अघि बढेको छ।
सामाजिक सेवामा निरन्तर सक्रियता, सबैप्रति समान व्यवहार र विधि तथा प्रक्रियाप्रतिको प्रतिबद्धतालाई आफ्नो राजनीतिक कार्यशैलीको आधार बनाउँदै श्रेष्ठले संगठनको नेतृत्वका लागि दाबी प्रस्तुत गरेका छन्।
