हात्तीको आक्रमणबाट दिनदिनै धनजनको क्षति हुँदै गएकोप्रति नेकपा माओवादी केन्द्र सुन्दर हरैचा नगर कमिटीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत बहादुर कार्कीको ध्यानाकर्षण गराएको छ।
आज २०८१ साल माघ ९ गते कोशी प्रदेशको मुख्यमन्त्रीको कार्यालयमा भएको भेटघाटमा सुन्दर र नेकपा माओवादी केन्द्र सुन्दर हरैचा नगर कमिटीका अध्यक्ष दुष्यन्त भट्टराईले सुन्दर हरैचा नगर क्षेत्रभित्र हात्तीको आक्रमणबाट स्थानीय बासिन्दाको घर भत्काउनुको साथै बालीनाली र घरपालुवा पशुपन्छी मा क्षति भएको र मानिसको ज्यान समेत गएको घटनाप्रति दुःख व्यक्त गर्दै रोकथामको लागि आवश्यक पहल गर्न मुख्यमन्त्री समक्ष जोडदार माग गर्नुभयो। 
ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री कार्कीले सुन्दर हरैचा नगर क्षेत्रभित्र हात्तीको आक्रमणबाट भएको जनधनको क्षति बारे जानकार रहेको बताउँदै रोकथामको लागि आवश्यक पहल गर्ने आश्वासन दिनुभयो
कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य तथा राष्ट्रिय सभाका सदस्य गोपी बहादुर अछामी, नेकपा माओवादी केन्द्र सुन्दर हरैचा नगर कमिटीका इन्चार्ज नवराज चापागाई सह इन्चार्ज गीता प्रसाद श्रेष्ठ, सचिव रोहित चौधरी पत्रकार शिव भोजपुरे, LN गच्छदार लगायतको उपस्थिति रहेको थियो।
हात्तीको आक्रमणबाट स्थानीयलाई जोगाउन नेकपा माओवादी केन्द्र सुन्दर हरैचाले मुख्य मन्त्रीको ध्यानाकर्षण गराएको छ।
सत्य, निष्पक्ष र विश्वसनीय पत्रकारितालाई निरन्तरता दिन तपाईंको स्वेच्छिक सहयोग अमूल्य हुनेछ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।
