जिल्ला अदालत मोरङका माननीय जिल्ला न्यायाधी श्री पारसमणि पोखरेलले सुन्दर हरैचा नगरपालिका अन्तर्गतको न्यायिक समितिको इजलास कक्षको निरीक्षण गरी आवश्यक सल्लाह सुझाव दिनुभएको छ।
आज २०८१ साल फागुन ७ गते सुन्दर हरैचा नगरपालिका वडा नम्बर ४ स्थित न्यायिक समितिको कार्यालयको निरीक्षणमा उपमेयर श्री अकली देवी चौधरी प्रशासकीय अधिकृत कुमार न्यौपाने, ४ नम्बर वडाका वडाध्यक्ष श्री कैलाशकुमार बस्नेत लगायतको उपस्थिति रहेको थियो। हिजोबाट जारी दुई दिने महिला जनप्रतिनिधिका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन सम्बन्धी प्रशिक्षण कार्यक्रमका दौरानमा न्यायाधीश पोखरेलले सुन्दर हरैचा नगरपालिकाको न्यायिक समितिको इजलास कक्ष निरीक्षण गर्नुभएको हो। स्थानीय निकायलाई कानुनले तोकेका केही न्यायिक निरूपणका कार्यहरू समेत गर्न सक्ने गरी संविधानले अधिकार प्रदान गरेता पनि आवश्यक कानुनी ज्ञान र सीपको अभावमा न्यायिक समितिबाट हुने काम हुने कामहरू प्रभावकारी हुन नसकिरहेको अवस्थामा मोरङ जिल्ला अदालतको वार्षिक कार्य योजना अनुसार उक्त कार्यक्रम सञ्चालन गरिएको हो। क्षमता अभिवृद्धि गरी दैनिक प्रशासनिक कार्यहरूलाई कुशलतापूर्वक सम्पन्न गर्ने सवालमा कार्यक्रम फलदायी र उपलब्धिमूलक रहेको अनुभूति वडा अध्यक्ष कुमार बस्नेतले व्यक्त गर्नुभयो।
जिल्ला न्यायाधीश माननीय श्री पारसमणि पोखरेलद्वारा न्यायिक समितिको निरीक्षण
सत्य, निष्पक्ष र विश्वसनीय पत्रकारितालाई निरन्तरता दिन तपाईंको स्वेच्छिक सहयोग अमूल्य हुनेछ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।
