आधारभूत विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूको लागि शैक्षिक सामग्री र खेल सामग्री वितरण गरिएको छ।
सुन्दर हरैचा नगरपालिका वडा नम्बर ४ को आयोजनामा वडाभित्र रहेका सरस्वती आधारभूत विद्यालय, जनचेतना आधारभूत विद्यालय, सृजनशील आधारभूत विद्यालय र आदर्श आधारभूत विद्यालय मा विद्यालयको मागबमोजिम आवश्यकताको आधार शैक्षिक सामग्री र खेल सामग्री वितरण गरिएको हो। शैक्षिक सामग्री वितरण कार्यक्रममा सुन्दर हरैचा नगरपालिकाका मेयर केदार प्रसाद गुरागाई, उपमेयर अकली देवी चौधरी वडा नम्बर ४ का वडाध्यक्ष कैलाशकुमार बस्नेत वडा सदस्य गणेश प्रसाद गुरागाई दुर्गा पौडेल लगायत जनप्रतिनिधि को उपस्थिति रहेको थियो।
वडाभित्रका आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको लागि आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउने र शिक्षाको गुणस्तर अभिवृद्धिको लागि कार्यक्रम फलदायी हुने अपेक्षा रहेको जानकारी वडाध्यक्ष कैलाशकुमार बस्नेतले दिनुभयो। २०८१ साल फागुन ९ गते विद्यालय प्राङ्गणमा शैक्षिक सामग्रीसहित नगरपालिकाका मेयर उपमेयर लगायत जनप्रतिनिधिहरूलाई पाउँदा विद्यालयका ससाना नानीहरू हर्षित र उत्साहित देखिन्थे।
सो अवसरमा सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार गरी सबै नागरिकका छोराछोरी सरकारी विद्यालयमा पढ्ने वातावरण बनाउन थप कार्यक्रम अगाडि बढाउने प्रतिबद्धता मेयर गुरागाईले व्यक्त गर्नुभयो।
सुन्दर हरैचा नगरपालिका वडा नम्बर ४ ले गर्यो शैक्षिक सामग्री वितरण
सत्य, निष्पक्ष र विश्वसनीय पत्रकारितालाई निरन्तरता दिन तपाईंको स्वेच्छिक सहयोग अमूल्य हुनेछ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।
