सुन्दर हरैचा नगरपालिका वडा नम्बर ७ मुख्य कार्यालय रहेको कनक लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो वार्षिक क्यालेण्डर अनुरूप आफ्ना सेयर सदस्यहरुलाई सदस्य शिक्षा कार्यक्रम सम्पन्न गरेको छ।
तीनवटा सेवा केन्द्र मध्ये संस्थाको दुलारी सेवा केन्द्र ले उक्त कार्यक्रम गरेको हो।आज फागुन १७ गते दुलारी सेवा केन्द्रका संयोजक रविन्द्र कृष्ण श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको थियो। सरस्वती आधारभूत विद्यालयमा भएको कार्यक्रम लाई शिक्षा उपसमिति संयोजक श्याम प्रसाद भट्टराई र लोकबन्धु थापाले सहजीकरण गर्नुभएको थियो। संस्थाका सञ्चालक समिति सदस्य बाबुकृष्ण दाहालको गरिमामय उपस्थिति भएको उक्त कार्यक्रममा संस्थाका गतिविधिहरु बारे सदस्यहरुलाई जानकारी गराइएको थियो।
उक्त कार्यक्रममा लगभग ९५ को संख्यामा सेयर सदस्यहरूको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा उपस्थित सदस्यहरूलाई मायाको चिनो उपहार समेत प्रदान गरिएको थियो। संस्थामा भइरहेका गतिविधिहरूको जानकारीका साथमा मायाको चिनो उपहार पाउँदा सेयर सदस्यहरू उत्साहित र खुसी देखिन्थे।
कनक लक्ष्मी सहकारी द्वारा सदस्य शिक्षा कार्यक्रम सम्पन्न
सत्य, निष्पक्ष र विश्वसनीय पत्रकारितालाई निरन्तरता दिन तपाईंको स्वेच्छिक सहयोग अमूल्य हुनेछ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।
