११५औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस को अवसरमा मार्क्सवादी ज्ञान केन्द्र कोशी प्रदेशले “शितल निवासदेखि फुसको छानो सम्म नपाएका नारीसम्म: संवैधानिक अधिकार र व्यवहार” शीर्षकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
२०८१/११/२४गते सनिवार साँझ ७ बजेबाट सुरु भएको कार्यक्रमको प्रमुख आतिथ्यता पूर्व सञ्चारमन्त्री रेखा शर्माले गर्नुभएको थियो। कोशी प्रदेश अध्यक्ष सीता कडरिया (रक्षा) ले अध्यक्षता गर्नुभएको कार्यक्रमको अतिथिहरूमा सीता ओझा र सञ्चिता खनाल रहनुभएको थियो। कार्यक्रमलाई मार्क्सवादी अध्ययन केन्द्र कोशी प्रदेशका सचिव गीता प्रसाद श्रेष्ठले सञ्चालन गर्नुभएको थियो।
प्रतिक्रिया दिनुहोस्