पर्सा जिल्लामा शान्ति र सुरक्षा सुदृढ गर्दै एसपी गौतम मिश्रको सक्रिय नेतृत्व
पर्सा, बैशाख २५ – नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रको पर्सा जिल्लामा आगमनसँगै, उहाँले प्रहरी संगठनको जनतामा विश्वास बढाउन र नेपाल प्रहरीको सिर ठाडो हुने काम गर्दै सुरक्षा क्षेत्रमा नयाँ दिशा दिनुभएको छ। पर्सा जिल्लामा अपराध नियन्त्रण, सीमावर्ती सुरक्षा, सामाजिक विकृतिविरुद्धका अभियान र सामुदायिक सहभागितामा उहाँको सक्रियता विशेष उल्लेखनीय छ।
एसपी मिश्रले पर्सामा पदभार ग्रहण गर्नासाथ इमान्दार प्रहरीलाई प्रोत्साहन र अनुशासनहीनमा कडाइका साथ कारबाही गर्ने नीति अपनाउनुभयो। उहाँले सीमावर्ती क्षेत्रका अवैध कारोबार, लागुऔषध तस्करी र मानव बेचबिखन जस्ता अपराधहरूलाई नियन्त्रण गर्न विशेष ध्यान दिएका छन्। उहाँको पहलमा, पर्सा जिल्लामा ७ सय ८५ जनालाई पक्राउ गरेर ठूलो सफलता हासिल गरिएको छ।
एसपी मिश्रको नेतृत्वमा १३ करोड रुपैयाँको राजस्व संकलन पनि सफल भएको छ। पर्सा प्रहरीले २४ सवारी साधन र तस्करीका सामग्री नियन्त्रणमा लिइएका छन्। २३ वटा लागुऔषधसम्बन्धी मुद्दा दर्ता गरि ३१ जना प्रतिवादीलाई पक्राउ गरिएको छ र ५४२ किलो गाँजा र ३१ किलो चरेस लगायतका प्रतिबन्धित पदार्थ समातिएका छन्।
सामाजिक विकृतिहरूसँग लड्नका लागि एसपी मिश्रले पर्सामा बालविवाह, बहुविवाह र महिला हिंसा जस्ता समस्यामा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेका छन्। उहाँको प्रयासले ७४ हजार ९ सय ५३ जनालाई प्रत्यक्ष लाभ पुगाएको छ।
सामुदायिक प्रहरी साझेदारीमा ४० कार्यशालाहरू सञ्चालन गरी प्रहरी र स्थानीय समुदायबीचको समन्वयलाई अझ सुदृढ बनाइएको छ। उहाँले १०४ पेन्डिङ मुद्दा फछ्यौट गरि ६७५ मुद्दामा काम पूरा गरेका छन्। यसले पर्सा जिल्लामा जनताको विश्वासमा ठूलो वृद्धि गरेको छ।
एसपी मिश्रले विशेष ध्यान दिएको अर्को क्षेत्र भनेको महिला र बालबालिकासँग सम्बन्धित अपराध हो। पर्सामा महिला हिंसा र बालविवाहलाई नियन्त्रण गर्न कडा कदमहरू चालेका छन्। यसै गरि, उहाँले शान्ति र सुरक्षाका लागि स्थानीय तह र नागरिक समाजसँग मिलेर काम गर्दै प्रहरी र समुदाय बीचको विश्वास र समन्वयलाई अझ सशक्त बनाउनुभएको छ।
पर्सा जिल्लामा एसपी गौतम मिश्रको सक्रिय नेतृत्वमा नेपाल प्रहरीको छवि सशक्त बन्दै गएको छ, र जनताको सुरक्षा र शान्तिको लागि उहाँको योगदान अत्यन्त महत्त्वपूर्ण बनिरहेको छ।