सुन्दर दुलारी नगरपालिका र कोशी हरैचा नगरपालिका मिलाएर सुन्दर हरैचा नगरपालिका बने पश्चात प्रकृति रूपमा र सांस्कृतिक रूपमा समेत साच्चिकै सुन्दर सुन्दर दुलारी को पहिचान मेटिनेगरी सबै बाह्रै वटा वडाको फोहोर फाल्ने स्थान फोहोर दुलारी बनाइएको र सुन्दर हरैचा बनाउन सुन्दर दुलारी लाई बली चढाउँदै फोहोर दुलारी बनाइएको सन्दर्भमा सरस्वतीनगर टोल विकास संस्थाले आज २०८२ साल जेठ ३ गते शनिबार स्वतस्फुर्त रुपमा सरसफाई कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा सरसफाई सम्बन्धी सचेतना मूलक सन्देशहरू को साथमा जागरण गीतहरू बजाउँदै मानिसहरू सडकमा निस्केका थिए । सबै जाति भाषा धर्म लिङ्ग र उमेर समूहका मानिसहरूको उपस्थित रहेको कार्यक्रममा सुन्दर हरैचा नगरपालिका वडा नम्बर ४ का पूर्व वडाध्यक्ष शैलेन्द्र श्रेष्ठले बाह्रैवटा वडाको फोहोर ४ नम्बर वडामा ल्याएर अव्यवस्थित तरिकाले फाल्ने र इटहरी उपमहानगरपालिकाले समेत बुढीखोलाको जग्गा अतिक्रमण गरी डम्पिङ साइड बनाएर बुढीखोलालाई साजिलाल स्कुलको नम्बरी जग्गाबाट बगाएको र ४ नम्बर वडाबासी इटहरी उपमहानगरपालिका र सुन्दररैचा नगरपालिका दुवैबाट प्रताढित हुँदै आएको भन्दै आक्रोश व्यक्त गर्नुभयो। सुन्दर हरैचा नगरपालिका वडा नम्बर ४ का वडा सदस्य गणेशप्रसाद गुरागाईंले आफ्नो ठाउँको सरसफाईको लागि स्थानीय बासिन्दा आफै जागेको हुनुपर्ने र हामीले परम्परादेखि गर्दै आएका सरसफाईसँग सम्बन्धित कामहरू समुदाय स्तरबाटै गरी आम जनताले तिरेको करबाट बन्ने बजेटलाई समुदायबाट सम्भव नहुने काममा सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो
इटहरी उपमहानगरपालिकाले फोहोर फाल्दा बुढीखोला थुनियो।
सत्य, निष्पक्ष र विश्वसनीय पत्रकारितालाई निरन्तरता दिन तपाईंको स्वेच्छिक सहयोग अमूल्य हुनेछ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।
