लेखक – पदम अधिकारी
दमक, जेष्ठ ०५, २०८१ – विगत केही दिन देखि यो सडक यसरी बन्द भएको छ। सडक विकास समृद्धिको मेरुदण्ड हो, यसमा दुईमत छैन। विकास निर्माणका नाममा कुनैपनि कार्य नियमित नहुनु र समयमै सम्पन्न नहुनु भ्रष्ट आचरण हो भन्नेमा पनि दुईमत नहोला।
अब कुरा गरौ यो वडाको विशेष्ताको बारेमा क्रमागत रूपमा ।
यो वडा देश कै बागडोर समाल्ने प्रधानमन्त्रीको वडा, त्यति मात्रै होइन यहि वडाबाट भौतिक योजना तथा यातायात मन्त्री पनि हुनुहुन्छ सायद साथै राष्ट्रिय योजना आयोगका सदस्य पनि यहि वडाबाट पर्नु हुन्छ। सुनेको छु हालका सभामुखको पनि यो वडा संग नातागत सम्बन्ध छ। अनि फेरि यहि वडाबाट २/२ पटक नगर प्रमुख हामी नगरबासीले प्राप्त गरेका। अर्कोतिर भरखरै यहि वडा बालमैत्री वडा घोषणा भएको यदाकदा सुनेको ।
अब कुरोको चुरो के भने यतिका धेरै विशेषता प्राप्त गरेको वडाका वडाबासीले समयमा नै सडक निर्माण नगरेकै कारणले सास्ती व्यहोर्नुपर्ने अवस्था छ भने यसलाई कसरी बुझ्ने आम नागरिक ले?
स्थानीय निकाय, प्रदेश सरकार र संघीय सरकार मध्ये कसैले पनि यतिका दिन सम्म यो सडक सञ्चालनमा चासो प्रत्यक्ष रूपमा राखेको पाईएन। सायद यहि नै होला “समृद्ध नेपाल सुखी नेपाली”