मोरङको सुन्दरहरैचा नगरपालिकामा एउटै नामबाट दुईवटा संस्था दर्ता भएपछि आधिकारिकता विवाद देखिएको छ। नेत्र प्रसाद चौलागाई नेतृत्वको स्वतन्त्र नागरिक समाज, सुन्दर हरैचा नगरपालिका वडा नं ३ मुख्य कार्यालय रहने गरी जिल्ला प्रशासन कार्यालय मोरङमा दर्ता भई यही साउन १७ गते पानस पार्टी प्यालेसमा एक कार्यक्रम गरी उदघाटन गरिए लगत्तै सुन्दर हरैचा नगरपालिकाले चिरञ्जीवी सिवाकोटी नेतृत्वमा स्वतन्त्र नागरिक समाज दर्ता गरिदिए पछि विवाद देखिएको थियो। 
नेपाल सरकारको कुनैपनि निकायमा दर्ता नगरी वर्षौ देखि स्वतन्त्र नागरिक समाजको नाममा लेटर प्याड र छाप प्रयोग गरी गतिविधि गर्दै आएको चिरञ्जीवी सिवाकोटी नेतृत्वको समूह, आफूले प्रयोग गर्दै आएको नामबाट अर्को समूहले संस्था दर्ता गरी गतिविधि सुरुगरेपछि हतार हतार सोही नामबाट नगपालिकामा संस्था दर्ता गरेको देखिन्छ। नेत्र प्रसाद चौलागाई नेतृत्वको समूह केही शान्त देखिएता पनि शिवाकोटी नेतृत्वको समूह वर्षौ देखि आफूले प्रयोग गर्दै आएको नामबाट संस्था दर्ता गरेको भन्दै सामजिक सञ्जालमा जनकारवाही गर्नु पर्ने सम्मको अभिव्यक्ति दिने गरेकोछ। हिजो साउन १९ गते सुन्दर हरैचा नगरपालिका को गेटमा प्रस्तावित बहुविवाह सम्बन्धी कानुनको विरोध गर्न भन्दै प्लेकार्ड सहित उपस्थित भएका सिवाकोटीले पत्रकारहरु लाई अर्को समूहको दूत भन्दै अभद्र अभिव्यक्ति दिएका थिए। 
यसरी वर्षौ देखि विना दर्ता अनाधिकृत रुपमा छाप र लेटर प्याड प्रयोग गरी गतिविधि गर्दै आएको समूहलाई जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको नामसँग मिल्ने गरी सुन्दरहरैचा नगरपालिकाले नयाँ संस्था दर्ता गरी विवादको बीजारोपण गरेको देखिन्छ।
सुन्दरहरैचामा एउटै नामबाट दुईवटा संस्था दर्ता भएपछि विवाद
सत्य, निष्पक्ष र विश्वसनीय पत्रकारितालाई निरन्तरता दिन तपाईंको स्वेच्छिक सहयोग अमूल्य हुनेछ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।
