काठमाडौं- मकवानपुर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २५ वर्षीय उम्मेदवार प्रसान्त उप्रेतीले पछिल्लो समय जिल्लामा उल्लेखनीय चर्चा र जनसमर्थन बटुल्दै आएका छन्।

मकवानपुरमा लामो समयदेखि राजनीति गर्दै आएका पुराना नेतृत्व र स्थापित शक्तिहरूलाई समेत गम्भीर चुनौती दिन सक्ने सम्भावना देखिन थालेको छ।
सुरुमा केहीले उनको उम्मेदवारीलाई सामान्य रूपमा लिएको देखिए पनि अहिले प्रसान्त उप्रेती गाउँ–गाउँ, टोल–टोल पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गरिरहेका छन्।

यस क्रममा उनको कार्यशैली, प्रस्तुति, व्यवहारिकता प्ररष्ट बिचार, सरल स्वभावप्रति धेरै मतदाताले सकारात्मक प्रतिक्रिया जनाउन थालेका छन्। स्थानीय स्तरमा हेर्दा अहिले मकवानपुर–२ मा उनको पक्षमा उत्साहजनक माहोल बन्न थालेको छ। लामो समयपछि मकवानपुरले जनताले चाहेको जस्तो नयाँ नेतृत्व र नयाँ विकल्प पाएको भन्दै धेरै स्थानीय मतदाता खुसी देखिन्छन्।

एक स्थानीयका अनुसार, “मकवानपुरले धेरैपछि आफूले खोजेको जस्तो नयाँ नेतृत्व पाएको अनुभूति भएको छ।”
प्रसान्त उप्रेतीले प्रचार–प्रसारका क्रममा नकारात्मक भाषाशैली प्रयोग नगर्ने, कसैलाई गाली नगर्ने र झुटा आश्वासन नबाँड्ने नीति लिएको देखिन्छ। उनको सभ्य, शान्त र सरल व्यवहारकै कारण मकवानपुर–२ मा रास्वपाप्रति आकर्षण बढ्दै गएको छ।

वर्षौँदेखि उही नेतृत्व र उही शैलीको राजनीतिबाट दिक्क भएका मतदाताहरू यसपटक प्रसान्त उप्रेतीलाई समर्थन गर्ने मनस्थितिमा देखिएका छन्।
