काठमाडौं, राजनीतिमा नयाँ अनुहारको खोजी भइरहेका बेला मकवानपुर निर्वाचन क्षेत्र नं. २ मा एक २५ वर्षीय युवाको चर्चा चुलिएको छ। उनी हुन् प्रशान्त उप्रेती।
मध्यम वर्गीय परिवारमा 2057 सालमा जन्मिएका उनी पर्यटन व्यवस्थापनमा स्नातक र ‘Educational Leadership’ मा स्नातकोत्तर अध्ययनरत छन्। उप्रेती केवल उमेरले युवा मात्र होइनन्, उनीसँग देशको नीतिगत तहमा हस्तक्षेप गर्न सक्ने परिपक्व एजेन्डाहरू समेत छन्।
भुइँतहको अनुभव र व्यावसायिक पृष्ठभूमि
मनहरीको माटोमा हुर्किएका प्रशान्त पर्यटन उद्यमी समेत हुन्। उनी हाल मनहरीमै विद्यालय शिक्षा अध्यापनरत छन्। होटल र पर्यटन क्षेत्रमा उनी आफैँले गरेको कार्यले उनलाई उद्यमशीलताका चुनौतीहरू सिकाएको छ।
“विकासका कामहरू भन्दा पनि सत्ता जोगाउने खेलमा समय खर्चिँदा संस्थाहरू कमजोर बने, केवल सडक र पुल बन्नु विकास होइन; ती संरचनाहरूलाई सही ढंगले सञ्चालन गर्ने र न्यायपूर्ण वितरण गर्ने ‘संस्थाहरू’ बलियो हुनु प्राथमिक सर्त हो” उनी भन्छन्।
“हामीले प्रशासनिक संघीयता त ल्यायौँ, तर अधिकारको वास्तविक निक्षेपण अझै बाँकी छ” भन्ने मान्यता राख्ने उप्रेती राजनीतिलाई ‘शक्ति र पद’ भन्दा पनि ‘नीति र सेवा’ को रूपमा बुझ्दछन्।
संसदमा ‘गन्ती’ होइन, ‘गुणस्तर’ को खोजी
प्रशान्तको उम्मेदवारीको मुख्य उद्देश्य संसदमा गएर केवल हात उठाउनु वा संख्या पुर्याउनु होइन।उनी जनभावनाको प्रतिनिधित्व गर्दै राष्ट्रहितका लागि कानुन निर्माण गर्न र सरकारलाई निरन्तर निगरानी गरि जवाफदेही बनाउने कुरामा अडिग छन्।
संविधानवादको रक्षा: उनी संविधानलाई संघर्षको प्रतिफल मान्छन् र संविधानको अक्षर र भावनाको रक्षाको लागि अडिग छन्।यसका मूलभुत मान्यताहरुलाई संरक्षण गर्दै समायानुकूल जनआकांक्षा प्रतिबिम्बित गर्नुपर्ने उनको बिचार छ।
आर्थिक एजेन्डा: झन्झटिलो कानुनी प्रक्रिया हटाएर “Ease of Doing Business” सुनिश्चित गर्ने, निजी क्षेत्रको सशक्तिकरण गर्ने, तुलनात्मक लाभका क्षेत्रहरु जस्तैः पर्यटन तथा जलस्रोत मार्फत देशको अर्थतन्त्र समृद्ध बनाउने र स्टार्टअपहरूलाई प्रोत्साहन गर्ने उनको मार्गचित्र छ।
स्थानीय मुद्दा र जनउत्तरदायित्व
नीति निर्माणका कुरा गर्दा उनले आफ्नो क्षेत्रका स्थानीय समस्याहरूलाई बिर्सेका छैनन्। उनी जनताका दैनन्दिन समस्याहरुसँग जानकार छन्। मकवानपुर मात्र हैन समग्र देशका किसानहरूले भोग्नुपरिरहेको समस्या, आफ्नो क्षेत्रमा रहेको गरिबी, बढ्दो महंगी सम्बोधन गर्दै गुणस्तरीय स्वास्थ्य तथा शिक्षामा सर्वसाधारणको पहुँच पुर्याउनु उनको पहिलो कर्तव्य हुनेछ। “जनताका दैनिक समस्यालाई सदनमा पुर्याउनु र सो को सम्बन्धित निकाय मार्फत सम्बोधन गर्नु मेरो जिम्मेवारी हुनेछ,” उनी भन्छन्।
किन प्रशान्त उप्रेती?
Educational Leadership मा उनको दखल र पर्यटन क्षेत्रको व्यावसायिक अनुभवले उनलाई एक ‘मल्टी-डायमेन्सनल’ नेतृत्वको रूपमा उभ्याएको छ। ‘Education Leadership’ को विद्यार्थी हुनुको नाताले हाम्रो खस्किँदै गएको शिक्षा तथा सो को प्रणालीको बारेमा जानकार छन्। Gen Z आन्दोलन मार्फत प्रतिबिम्बित नयाँ पुस्ताको आकांक्षाहरुलाई सदनमा पुर्याउन उनीसँग उमेर र आवाज दुबै छ।
मकवानपुर २ का मतदाताहरूका लागि प्रशान्त केवल एक उम्मेदवार मात्र होइनन्, उनी राजनीतिमा ‘परिवर्तनको एउटा बलियो आशा’ पनि हुन्।
