काठमाडौं, मकवानपुर जिल्ला क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रकाश गौतम ले हेटौंडा अस्पतालको अवस्था सुधार गर्ने विषयमा सरोकारवालासँग छलफल गर्नुभएको छ।
हेटौंडामा आयोजित बैठकमा अस्पतालको सेवा–सुविधा, व्यवस्थापन तथा स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्ने विषयमा विस्तृत रूपमा छलफल गरिएको थियो। छलफलका क्रममा सांसद गौतमले हेटौंडा अस्पतालको सुधार आफ्नो पहिलो प्राथमिकता रहेको बताउँदै अस्पताललाई प्रभावकारी र सर्वसुलभ बनाउनेतर्फ आफू प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।
उहाँले स्थानीय जनताले सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउनुपर्ने भन्दै अस्पतालको भौतिक संरचना, जनशक्ति व्यवस्थापन तथा आवश्यक उपकरणको व्यवस्थापनमा विशेष ध्यान दिने पनि बताउनुभयो।
बैठकमा अस्पताल सुधारका लागि आवश्यक योजना र सहकार्यका विषयमा सहमति गर्दै बैठक सम्पन्न भएको बताइएको छ।
