पोखरा, वैशाख १७ — आज मिति २०८३ साल वैशाख १७ गते पोखरा पर्यटन परिषद को आयोजनामा पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न सरोकारवालाबीच महत्वपूर्ण छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा परिषदमा आवद्ध संस्था, शुभेच्छुक संस्था, पर्यटन व्यवसायी तथा पर्यटन क्षेत्रसँग आबद्ध विभिन्न संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उक्त अवसरमा यसोधा रिमाल लाई गण्डकी प्रदेश सरकारको नवनियुक्त उद्योग तथा पर्यटन मन्त्रीको रूपमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो।
कार्यक्रममा सहभागीहरूले समग्र पर्यटन क्षेत्रको विकास, दिगो पर्यटन प्रवर्द्धन तथा वर्तमान समयमा पर्यटन क्षेत्रमा देखिएका समस्या र चुनौतीहरूको विषयमा विस्तृत छलफल गरेका थिए। साथै, पर्यटन क्षेत्रलाई थप सशक्त, व्यवस्थित र प्रभावकारी बनाउने उपायहरूबारे पनि सुझाव आदानप्रदान गरिएको थियो।
पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यको रूपमा थप मजबुत बनाउने उद्देश्यसहित आयोजना गरिएको उक्त कार्यक्रमले पर्यटन क्षेत्रको समन्वय र सहकार्यलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरिएको छ।
