जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढीमा अवैध रूपमा अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबार गरेको आरोपमा ९ जनालाई पक्राउ गरेको छ। प्रहरीले धनगढी उपमहानगरपालिका-७ स्थित एउटा घरमा छापा मारी सफ्टवेयरमार्फत क्रिप्टोकरेन्सी कारोबार भइरहेको पत्ता लगाएको हो ।
पक्राउ पर्नेमा दुई जना भारतीय नागरिकसमेत रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई प्रहरी हिरासतमा राखी अनुसन्धान अघि बढाइएको छ। जिल्ला अदालतबाट थप अनुसन्धानका लागि म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
पक्राउ पर्नेहरूको विवरण
पक्राउ पर्नेहरूमा नेपालका विभिन्न जिल्लाका ७ जना र भारतका २ जना रहेका छन्। उनीहरूमा :
-
प्रेम बहादुर साउद (३४), कैलाली
-
दिपिन मगर (३४), उदयपुर
-
रवि कुमार सूर्यवंशी (३६), नयाँदिल्ली, भारत
-
दिपक कुमार जाट (३७), हरियाणा, भारत
-
जितेन्द्र कट्टेल (३७), भरतपुर, चितवन
-
कुमार मोक्तान (४३), ललितपुर
-
राजन चुँडाल (४५), काठमाडौं
-
हरि प्रसाद चापागाईं (४६), दमक, झापा
-
ज्ञानेन्द्र ढकाल (३९), धनगढी, कैलाली
