वर्षायामसँगै देशका विभिन्न राजमार्ग तथा ग्रामीण सडकहरूमा पहिरो खस्दा यातायात सेवा प्रभावित बनेको छ। सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामग्रीदेखि व्यापारिक पार्सलसम्मको ढुवानीमा चुनौती थपिएको छ।
यस्तै कठिन परिस्थितिमा पनि उपाय फुलफिलमेन्टले सेवा निरन्तरता कायम राख्न कर्मचारीहरूलाई मैदानमा खटाइरहेको जनाएको छ।
उपाय फुलफिलमेन्टका President संगम पौडेल का अनुसार सडक अवरुद्ध भएका स्थानमा सवारीसाधन सञ्चालन हुन नसकेपछि कम्पनीका कर्मचारीहरूले आवश्यक परे पार्सल काँधमा बोकेर पैदल यात्रा गर्दै गन्तव्यसम्म पुर्याइरहेका छन्।
उनका अनुसार ग्राहकप्रतिको विश्वास जोगाउनु कम्पनीको पहिलो प्राथमिकता भएकाले प्राकृतिक विपद्का बीच पनि सेवा रोकिन नदिने प्रयास भइरहेको छ।
“सडक बन्द हुन सक्छ, यात्रा कठिन हुन सक्छ, तर ग्राहकप्रतिको हाम्रो जिम्मेवारी बन्द हुँदैन। जहाँ गाडी पुग्दैन, त्यहाँ हाम्रो टोली पैदल पुग्छ। आवश्यक परे काँधमा सामान बोकेर पनि डेलिभरी गर्छौं। हाम्रो लागि डेलिभरी व्यवसाय मात्र होइन, प्रतिबद्धता हो,” President पौडेलले बताएका छन्।
उनका अनुसार पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएका स्थानमा कम्पनीले स्थानीय समन्वय, वैकल्पिक मार्ग तथा मानव श्रमको प्रयोग गरेर सेवा सञ्चालन गरिरहेको छ। यसबाट अत्यावश्यक सामान, अनलाइन अर्डर तथा अन्य पार्सलहरू सकेसम्म समयमै ग्राहकसम्म पुर्याउने प्रयास भइरहेको उनले बताए।
President पौडेलले विपद्को समयमा खटिने कर्मचारीहरूको समर्पण र साहस नै कम्पनीको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै चुनौतीपूर्ण अवस्थामा पनि सेवाको गुणस्तरमा कुनै सम्झौता नगर्ने बताए। उनले ग्राहकहरूको विश्वास र धैर्यप्रति आभार व्यक्त गर्दै मौसमका कारण केही क्षेत्रमा ढुवानीमा सामान्य ढिलाइ हुन सक्ने भए पनि सेवा निरन्तर जारी रहने स्पष्ट पारे।उनले अन्त्यमा भने, “उपायका लागि डेलिभरी कुनै बहाना होइन, यो हाम्रो वाचा हो। सडक जहाँसम्म रोकिन्छ, त्यहाँबाट हाम्रो प्रतिबद्धता अझ अगाडि बढ्छ।”
