मोरङमा एक महिलामाथि भएको जबर्जस्ती करणी घटनामा एक महिलाको समेत संलग्नता रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार, मोरङको लेटाङ नगरपालिका–१ स्थित एक रिसोर्टमा भएको घटनामा विराटनगर महानगरपालिका–५ निवासी २५ वर्षीया सोनुमा लिम्बुको संलग्नता देखिएको छ। यस घटनामा केराबारी गाउँपालिका–८ निवासी ५० वर्षीय कमलबहादुर आले मगर र सुन्दरहरैंचा नगरपालिका–१० निवासी ३८ वर्षीय डम्बर खतिवडालाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
पीडितले आफूलाई नशालु पदार्थ खुवाएर रिसोर्टमा पुर्याइएको, ज्यान मार्ने धम्की दिई जबर्जस्ती करणी गरिएको भन्दै उजुरी दिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। सोही अनुसन्धानका क्रममा तीनै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
महिलालाई जबर्जस्ती करणी गराउन सहयोग गरेको आरोपमा एक महिला सहित तीन जना पक्राउ
सत्य, निष्पक्ष र विश्वसनीय पत्रकारितालाई निरन्तरता दिन तपाईंको स्वेच्छिक सहयोग अमूल्य हुनेछ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।
