पोखरा, २३ साउन । पोखरा महानगरपालिका–१० स्थित रोयल दिदीबहिनी किचनको सभाहलमा गोर्जे युवा क्लबको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ। “युवा शक्ति राष्ट्र निर्माणको भक्ति” तथा “एकता, अनुशासन र सेवाः हाम्रो अभियान, हाम्रो पहिचान” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व तथा स्थानीय युवाहरूको सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि पृथ्वीनारायण क्याम्पसका सह–प्राध्यापक डा. कपिल अधिकारीले कार्यक्रमको उद्घाटन गर्दै युवाहरूको सकारात्मक सोच, सक्रियता र गतिशीलताले समाज तथा राष्ट्रको समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो।
कार्यक्रममा हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्रमणि अधिकारी, काशीनाथ अधिकारी, टिकाराम अधिकारी, विजय भुजेल, माधव अधिकारी र रामकृष्ण अधिकारीलगायतको उपस्थिति रहेको थियो। त्यस्तै, दीपज्योति युवा क्लबका अध्यक्ष चुल बहादुर गुरुङ, रवैडाँडा क्लबका अध्यक्ष धनराज तामाङलगायत स्थानीय बुद्धिजीवी, भद्रभलाद्मी तथा युवाहरूको सहभागिता रहेको थियो।
अधिवेशनको बन्द सत्रमा क्लबका सचिव प्रदिप अधिकारीले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन र कोषाध्यक्ष मिलन क्षेत्रीले पेश गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरिएको थियो। त्यसैगरी, क्लबका अध्यक्ष आनन्द अधिकारीले प्रस्तुत गर्नुभएको सांगठनिक प्रतिवेदनमाथि छलफल गरी सर्वसम्मत रूपमा पारित गरिएको जनाइएको छ।
अधिवेशनले आगामी कार्यकालका लागि आनन्द अधिकारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति समेत सर्वसम्मत रूपमा चयन गरेको छ।
नवनिर्वाचित कार्यसमिति:
- अध्यक्ष: आनन्द अधिकारी
- उपाध्यक्ष: स्थिरबाबु अधिकारी
- सचिव: प्रदिप अधिकारी
- सह–सचिव: विशाल सि.के.
- कोषाध्यक्ष: मिलन क्षेत्री
- सदस्य: प्रतिक अधिकारी
- सदस्य: कपिल भुजेल
- सदस्य: सुदिप अधिकारी
- सदस्य: शिवहरी अधिकारी
- सदस्य: रामहरी अधिकारी
- सदस्य: विकास अधिकारी
नवनिर्वाचित अध्यक्ष आनन्द अधिकारीले “एकता हाम्रो बल, सेवा हाम्रो लक्ष्य” भन्ने क्लबको आदर्श वाक्यलाई आत्मसात् गर्दै आगामी दिनमा सामाजिक रूपान्तरण, युवा सशक्तीकरण तथा समुदायको विकासका क्षेत्रमा रचनात्मक र उदाहरणीय काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले युवाहरूलाई एकताबद्ध गर्दै सामाजिक सेवाका गतिविधिलाई थप प्रभावकारी बनाउने बताउनुभयो।
