मकवानपुर, मनहरी गाउँपालिका–९ खरङ्गाका इमान सिं थिङ नेपाली कांग्रेस मनहरी गाउँपालिका–९ को सभापतिमा सर्वसम्मत चयन भएका छन्। हालै सम्पन्न वडा अधिवेशनबाट सभापतिको जिम्मेवारी पाएपछि थिङले आफूलाई सभापतिका रूपमा सर्वसम्मत चयन गर्ने सम्पूर्ण अग्रज, अभिभावक, सम्माननीय व्यक्तित्व, पार्टीका क्रियाशील साथी, प्रतिनिधि तथा पूर्वप्रतिनिधिप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेका छन्।
सामाजिक क्षेत्रमा समेत सक्रिय थिङ स्थानीयस्तरमा विभिन्न सामाजिक तथा सामुदायिक गतिविधिमा संलग्न रहँदै आएका छन्। उनी मनहरी–९ स्थित हरियाली सामुदायिक वनका अध्यक्ष समेत रहेका छन सामुदायिक वन तथा सामाजिक अभियानमा सक्रिय रहँदै आएका छन ।
थिङले आफूलाई सभापतिको जिम्मेवारी प्रदान गर्ने क्रममा देखाइएको विश्वास, माया, सहयोग र सहकार्यलाई उच्च सम्मान गर्दै आगामी दिनमा नेपाली कांग्रेसको संगठनलाई थप मजबुत, एकताबद्ध र प्रभावकारी बनाउन आफ्नो तर्फबाट इमानदार प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले पार्टी संगठनलाई बलियो बनाउँदै स्थानीय तहमा जनतासँगको सम्बन्धलाई थप सुदृढ गर्ने र सामाजिक क्षेत्रमा सहकार्य तथा सहभागितालाई निरन्तरता दिने बताएका छन्।
थिङको नेतृत्वमा वडा संगठनलाई थप व्यवस्थित गर्दै पार्टीका गतिविधिलाई जनस्तरसम्म पुर्याउने अपेक्षा गरिएको छ।
