बेलौरी: कञ्चनपुरमा एक जना मृत फेला परेका छन्। जिल्लाको लालझाडी गाउँपालिका वडा नम्बर ४ जाँईका ४५ वर्षिय करनसिंह साउँद मृत फेला परेका हुन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार उनी घरदेखि चार सय मिटरको दुरीमा रहेको दोदा नदीको छेउमा मृत फेला परेका हुन्। बाख्रा चराउन गएका साउँद साँझसम्म घर नआएपछि स्थानीयले खोजी गरेका थिए। उनी शनिवार राति मृत फेला परेका हुन्।
![]()
इलाका प्रहरी कार्यालय झलारीले घटनाको थप अनुसन्धान गर्दैछ।
सत्य, निष्पक्ष र विश्वसनीय पत्रकारितालाई निरन्तरता दिन तपाईंको स्वेच्छिक सहयोग अमूल्य हुनेछ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।
