काठमाडौं । सरकारले नेपालमा टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने तयारी गरेको छ । टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओली आवश्यक परामर्श थालेका छन् ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले २०८० कात्तिक २७ गते मन्त्रीपरिषद्बाट निर्णय गर्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।
टिकटकमाथि प्रतिबन्ध लागेको ९ महिनापछि खोल्ने पहल अगाडि बढाइएको छ । छिट्टै प्रतिबन्ध हट्ने आशा गरिएको छ ।
नेपालमा टिकटक बन्द हुँदा नेपाल टेलिकम र एनसेललाई समेत ठूलो नोक्सानी भएको छ । उनीहरूलाई ३ अर्बभन्दा बढीको नोक्सान भएको बताइएको छ ।
सत्य, निष्पक्ष र विश्वसनीय पत्रकारितालाई निरन्तरता दिन तपाईंको स्वेच्छिक सहयोग अमूल्य हुनेछ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।
