प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापा पुगेर माओवादी अध्यक्ष प्रचण्डले केराको पातमा भात खाएका छन्। झापाको गौरिगञ्जमा आज आयोजित खबरदारी सभालाई सम्बोधन गर्न त्यहाँ पुगेका पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केराको पातमा भात खाएका हुन। गौरिगञ्ज–१ का माओवादी कार्यकर्तासमेत रहेका तिलक राजवंशीको घरमा प्रचण्डसहितका नेताहरूले कोच संस्कृति अनुसार भात खाएका हु्न् ।
सत्य, निष्पक्ष र विश्वसनीय पत्रकारितालाई निरन्तरता दिन तपाईंको स्वेच्छिक सहयोग अमूल्य हुनेछ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।
