सुनसरीको इटहरीमा फेला परेको शंकास्पद वस्तु सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । बम भन्दै कुकर भित्र राष्ट्रिय सुरक्षा दल नेपाल नामको पर्चा भेटिएको छ ।
आज बिहान करिब साढे ४ बजे इलाका प्रहरी कार्यालय इटहरीमा राजावादी समूहको नाममा तीन ठाउँमा बम राखेको भन्दै म्यासेज आएको थियो । प्रहरीलाई आएको सूचनामा आजदेखि सशस्त्र संघर्ष सुरु भएको भनिएको थियो ।
सत्य, निष्पक्ष र विश्वसनीय पत्रकारितालाई निरन्तरता दिन तपाईंको स्वेच्छिक सहयोग अमूल्य हुनेछ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।
